काठमाडौँ। DishHome इन्टरनेटले अभिनेत्री दिव्या रायमाझी सँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ। कम्पनी र रायमाझीबीच बिहीबार डिशहोमको भैँसेपाटीस्थित कर्पोरेट कार्यालयमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो।
सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन्।
कम्पनीका अनुसार डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै ब्रान्ड यात्रालाई थप सशक्त बनाउन सहकार्यलाई निरन्तरता दिइएको हो।
डिशहोमले युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्य आफ्नो ब्रान्डका लागि प्रभावकारी भएको जनाएको छ।
यस अवसरमा कम्पनीले आगामी डिजिटल अभियान, ग्राहक केन्द्रित सेवा तथा विशेष मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जानकारी दिएको छ।
डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा विस्तार गर्दै लाखौँ ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।
सम्झौता नवीकरणपछि अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताइन्। उनले नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिने अवसर प्राप्त भएको उल्लेख गर्दै आगामी अभियानहरूलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिइन्।
