बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

बझाङमा भीरबाट लडेर एकजना वडाध्यक्षको मृत्यु भएको छ।

बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंक जोशीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका वेला जोशी भीरबाट खसेर चट्टानमा बजारिँदा गम्भीर घाइते भएका थिए।

उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष जोशीका आफन्त रामचन्द्र जोशीले बताए।

उनी २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी नेकपा एमालेबाट सोही वडाको वडाध्यक्ष निर्वाचित भएका थिए।