साताको पाँचौ कारोबार दिन आज शुक्रबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा पुगेर बन्द भएको थियो।
आज नेप्सेमा १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ३५ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ३ सय ३७ कित्ता सेयर ५३ हजार ४ सय ३२ पटक किनबेच भएको छ।
आज ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ७.८३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल बैंक डिबेन्चर २०८७ को ८९ करोड ९१ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ। ७ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२७ प्रतिशत बढेको छ।
