आज विश्व युवा दक्षता दिवस नेपालमा पनि मनाइदै

आज विश्व युवा दक्षता दिवस नेपालम पनि मनाइदै छ ।

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो ।

युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरूपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ ।

बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ।

यस वर्षको नारा Skills for a Shared Future (साझा भविष्यका लागि सीप) ले एक समावेशी र समृद्ध संसार निर्माणका लागि युवाहरूलाई सही ज्ञान, सीप र अवसर दिनुको महत्त्वलाई दर्शाउँछ।

तीव्र गतिमा बदलिँदो यो विश्वमा नयाँ सीपको विकासले युवाहरूका लागि रोजगारीका नयाँ ढोका खोल्ने मात्र होइन, उनीहरूभित्र नवप्रवर्तन र सहकार्यको ऊर्जा पनि जगाउँछ। युवाहरूको हातलाई सीपयुक्त बनाऔँ र सबैका लागि एउटा उज्यालो र साझा भविष्य निर्माण गरौँ, आजको आवश्यकता

अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१ प्रतिशत भएको देखाएको थियो ।

यो सङ्ख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अङ्क गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।

अर्थात् शिक्षक, प्रशिक्षक र युवाहरूलाई सिपयुक्त बनाउने भन्ने अर्थ लाग्दछ । नेपालमा बेरोजगारी नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ ।

साथै, चौधौँ योजना ०७३-७४ देखि ०७५-७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संसाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ।

स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य छ।

सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको उत्पादन गर्ने देखाउँछ ।