शेयर बजार आज बुधबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो ।
आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडमा सीमित भयो ।
अघिल्लो दिन ऋणपत्रको मात्रै ४ अर्ब ७६ करोडको कारोबार भएकोमा आज यो रकम १ अर्ब ३२ करोडमा खुम्चियो, जसले गर्दा समग्र कारोबार प्रभावित भएको हो । अघिल्लो दिनको कारोबार रकम वैशाख ३ यताकै उच्च थियो ।
आज १९१ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने १९ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.३७ प्रतिशत बढ्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
