कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।
सोमबार मन्त्रालयले एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त विधेयकको मस्यौदा तथा त्यसको तर्जुमा गर्नुको कारण र सम्भावित प्रभावबारे सर्वसाधारणको राय संकलन गर्न सूचना प्रकाशित गरिएको हो ।
मन्त्रालयले इच्छुक नागरिक, सरोकारवाला तथा सम्बन्धित पक्षलाई मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल बिधाभभमदबअप।mयविउब।नयख।लउ मार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
