अघिल्लो दिन ४.६४ अंक घटेको शेयर बजार बुधबार ७.७९ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ । आजसहित लगातार तेस्रो दिन बजार घटेको हो ।
अघिल्लो दिन ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज कुल ३४३ कम्पनीको ९७ लाख कित्ता किनबेचमा ४ अर्ब २ करोडको भयो ।
आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
