काठमाडौं, साउन २१। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले सफल उद्यमको आधार ठूलो लगानी नभई सही सोच, स्पष्ट लक्ष्य र निरन्तर मेहनत भएको बताउनुभएको छ।
स्टार्टअप समिट नेपाल–२०२६ मा प्रस्तुत कार्यपत्रमा उहाँले नेपालमा स्टार्टअप सुरु गर्न चाहने युवाका लागि व्यवसाय दर्ता, कानुनी प्रक्रिया, लगानी व्यवस्थापन, बजार अध्ययन तथा स्टार्टअप कर्जासम्बन्धी विस्तृत जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “आज संसारका धेरै सफल कम्पनीहरू सानो लगानीबाट सुरु भएका हुन्। सफलताको सबैभन्दा ठूलो पूँजी पैसा होइन, सोच हो।”
विद्यार्थी जीवनदेखि नै समस्या समाधान गर्ने क्षमता, नेतृत्व विकास, अनुभव र नेटवर्क निर्माण गर्न सके भविष्यमा सफल उद्यमी बन्न सहज हुने उहाँको भनाइ थियो।
सरकार र निजी क्षेत्रले उपलब्ध गराएका स्टार्टअप कर्जा तथा अन्य वित्तीय सुविधाको प्रभावकारी उपयोग गर्न युवालाई आग्रह गर्दै उहाँले जोखिमलाई अवसरमा बदल्ने साहस नै उद्यमशीलताको मुख्य आधार भएको बताउनुभयो।
कार्यक्रमको तस्बिर :-

