आज शेयर सामान्य बढ्यो, ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २ हजार ५९५.८१ बिन्दुमा पुगेको छ।

आज क वर्गका कम्पनी सेन्सेटिभ इण्डेक्स १.९६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले बढेका छन्।

आज कारोबार रकम भने घटेको छ। शुक्रबार ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको कारोबार भएको थियो। आज सोमबार ३५४ स्टकको ४९ हजार ८०९ पटकको कारोबारबाट ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ। कुल १ करोड २७ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको २५ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आज १३ उपसमूहमध्ये ५ उपसमूह उकालो लागेको छ भने बाँकि ८ उपसमूहको घटेको छ। सबैभन्दा धेरै बैंकिङ उपसमूहको परिसूचक १.०१ प्रतिशत र व्यापार उपसमूहको परिसूचक १.०२ प्रतिशतले बढेको छ।