भोटेकोशी बाढी प्रभावितको लागि पञ्चकन्या समूहको १ करोड ५५ लाख रुपैयाँ सहयोग

पञ्चकन्या समूहले बाढी प्रभावितको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गत भदौ १० गते आएको बाढीमा प्रभावितहरुका लागि राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो।

समूहका अनुसार पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्री नेपाल सरकारलाई उपलब्ध गराउनेछ।

यस्तै समूहमा कार्यरत कर्मचारीहरूले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।देशमा आएको विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू पनि गम्भीर संवेदनशील रहेको भन्दै राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो जिम्मेवारी भएको समूहले जनाएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवामा रहेको पञ्चकन्या स्टिल उद्योगमा बुधवार खुल्ला रक्तदान आयोजना गरिएको छ।