आफ्नो जहाजमा मिसाइल प्रहार गरेपछि इरानका ३ तेल ट्यांकर नष्ट गरेको अमेरिकाको दाबी

अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले शनिबार तीन इरानी तेल ट्यांकरमा आक्रमण गरिएको बताएको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स आईआरजीसीले यस क्षेत्रको पानीमा गस्ती गरिरहेका दुई अमेरिकी नौसेना जहाजमा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि आक्रमण गरिएको हो।’

एक अमेरिकी विमानवाहक र एक निर्देशित(मिसाइल विनाशकलाई निसाना बनाइएको तर उनीहरू बच्न सफल भएको र अमेरिकी सेनालाई कुनै हानि नभएको सेन्टकमले उल्लेख गरेको छ।

सेन्टकमले अगाडि भनेको छ, ‘यसपछि अमेरिकी सेनाले दुई इरानी(सम्बद्ध कच्चा तेल ट्यांकरहरू खार्ग टापुनजिकै डाउनी र जास्क टापुनजिकै स्टार्क १ लाई आक्रमण गरी नष्ट गर्‍यो।’

साथै ओमानको खाडीमा एउटा खाली ट्यांकरलाई पनि निसाना बनाइएको सेन्टकमले जनाएको छ।

सेन्टकमका अनुसार ती तीन ट्यांकर इरानको ‘छाया फ्लिट’ भनेर चिनिने बहु अरब डलरको नेटवर्कका हिस्सा हुन्।

ट्यांकर ट्र्याकिङ वेबसाइट ‘ट्यांकर ट्र्याकर्स’ले तीन ट्यांकर खाली रहेको उल्लेख गरेको छ।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले भनेका छन्, ‘आईआरजीसीलाई हाम्रो सन्देश स्पष्ट हुनुपर्छस् यदि तिमीले हाम्रा दुई जहाजमा आक्रमण गर्‍यौ भने हामी तिम्रो ठुलो आर्थिक क्षति गर्नेछौँ। तिम्रा तीन जहाज नष्ट गर्नेछौँ।’

इरानी सञ्चारमाध्यमले पनि यसको केही घण्टाअघि खार्गबाट ​​६ माइल टाढा रहेको इरानी ट्यांकरलाई चार अमेरिकी क्षेप्यास्त्रले निसाना बनाएको उल्लेख गरेका थिए।

इरानले भने यसबारे अहिलेसम्म कुनै टिप्पणी नगरेको सीएनएनले जनाएको छ ।