काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको गोदावरीस्थित ‘बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट’ बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।
बैंकका ग्राहकलाई थप सुविधा उपलब्ध गराउने तथा वित्तीय कारोबारलाई नगदबाट डिजिटल माध्यमतर्फ प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्टसँग सहकार्य गरिएको बैंकले जनाएको छ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सेवा र छुट दुवै उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट रिसोर्टका सेवा प्रयोग गर्ने सिद्धार्थ बैंकका ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ।
सम्झौताअन्तर्गत उपलब्ध हुने छुट तथा सेवासम्बन्धी थप जानकारी आवश्यक परेमा ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।
