आज पूर्वपत्रकार, जम्मु कश्मीरका मुख्यमन्त्रीद्धारा बिहेको फोटो सार्वजनिक

  • Clock icon
    २०८३ कार्तिक १५, शनिबार

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पूर्वपत्रकार निधि राजदानसँग विवाह गरेका छन्।

उमरले शनिबार दुई जनाको दुई तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हिजो नयाँ सुरुवात भयो, निधि।’

उनले पोस्टमा औँठीको इमोजी पनि राखेका छन्।

यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीहरूको विवाह र इन्गेजमेन्टको बारेमा अनुमान लगाइरहेका छन्।

निधिले आफ्नो सामाजिक सञ्जाल पोस्टमा औँठीको इमोजीसँगै लेखेकी छन्, ‘इट्स डन ब्रो।’

उमरले यही वर्ष जुलाई ३१ मा आफ्नी पहिलो श्रीमती पायलसँग सम्बन्ध विच्छेद गरेका थिए।

३२ वर्षअघि विवाह गरेका उमर र पायललाई जुलाई ३१ मा सर्वोच्च अदालतले सम्बन्ध विच्छेदको अनुमति दिएको थियो।

उनीहरूबिच ३२ वर्षअघि बिहे भएको थियो भने २०११ देखि छुट्टाछुट्टै बसेका थिए।

उमर र पायलको फाइल फोटो