काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीले ५ दशमलव २५ प्रतिशत लाभांश पाउने भएका छन्। म्युचुअल फण्डको व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समितिले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित कोषबाट इकाईधनीलाई कर प्रयोजनसहित ५ दशमलव २५ प्रतिशत लाभांश वितरण गरिनेछ।
लाभांश वितरणका लागि सिटिजन्स सुपर ३० म्युचुअल फण्डले असोज ८ गते सेयर दाखिला बन्द गर्ने मिति तोकेको छ। यसअनुसार असोज ७ गतेसम्म कायम रहेका इकाईधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
लाभांश वितरणसम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि योग्य इकाईधनीलाई उक्त लाभांश वितरण गरिनेछ।
