काठमाडौं । नेपाल बैंक लिमिटेडले १ असोज २०८३ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बचत निक्षेप, मुद्दती निक्षेप, विदेशी मुद्राको निक्षेप, व्यवसाय तथा वाणिज्य कर्जा, एसएमई कर्जा, खुद्रा कर्जा र निश्चित ब्याजदरका विभिन्न कर्जाको नयाँ दर सार्वजनिक गरेको हो।
नयाँ ब्याजदरअनुसार सामान्य बचतमा न्यूनतम २.७६ प्रतिशत ब्याजदर कायम गरिएको छ भने रेमिट्यान्ससँग सम्बन्धित बचतमा अधिकतम ४.०२ प्रतिशतसम्म ब्याज पाइनेछ। व्यक्तिगत रेमिट्यान्स मुद्दती निक्षेपमा १० वर्षभन्दा माथिको अवधिका लागि ५.१५ प्रतिशत ब्याजदर कायम गरिएको छ।
बचत खाताको ब्याजदर
नेपाल बैंकको सामान्य बचत खातामा २.७६ प्रतिशत ब्याजदर तोकिएको छ। यसका लागि न्यूनतम मौज्दात ५०० रुपैयाँ हुनुपर्नेछ। एनबीएल डायमन्ड बचत र महिला विशेष बचतमा २.७७ प्रतिशत ब्याजदर रहेको छ र दुवै खातामा न्यूनतम मौज्दात ५०० रुपैयाँ तोकिएको छ।
युवा बचत खाता, सन्तति बचत, एनबीएल कर्मचारी पेन्सन बचत, रेमिट्यान्स बचत, लगानीकर्ता बचत, ज्येष्ठ नागरिक विशेष बचत, पेसागत बचत तथा एनबीएल रेमिट्यान्स आईपीओ बचतमा २.७६ प्रतिशतदेखि ४.०२ प्रतिशतसम्म ब्याजदर रहेको छ।
यसअन्तर्गत रेमिट्यान्स बचतमा ४.०१ प्रतिशत र एनबीएल रेमिट्यान्स आईपीओ बचतमा ४.०२ प्रतिशत ब्याजदर रहेको छ।
लाइफ सेक्युरिटी बचतमा २.७७ प्रतिशत वा आपसी सहमतिमा ब्याजदर कायम गर्न सकिनेछ।
पेन्सन भुक्तानी बचत, एनबीएल विशेष बचत, भूकम्प राहत बचत, त्रिभुवन विश्वविद्यालय पेन्सन बचत, एनबीएल कर्मचारी तलब बचत, कर्मचारी तलब बचत, नारी सम्मान बचत खाता, सम्बर्धन बचत खाता, नागरिक बचत खाता, समृद्ध नेपाल अभियान बचत खाता, हरित बचत खाता, छोरी कल्याण बचत खाता, छोरी समृद्धि बचत खाता रुकुम पश्चिम, छोरी छोरी सुरक्षा बचत खाता, बाल विकास बचत खाता, एनबीएल शुभ ज्ञान बचत खाता, एनबीएल सहयात्री बचत खाता, एनबीएल पायोनियर बचत निक्षेप खाता र एनबीएल पूर्वकर्मचारी बचत खातामा २.७६ प्रतिशतदेखि ३.२७ प्रतिशतसम्म ब्याजदर तोकिएको छ।
व्यक्तिगत मुद्दती निक्षेप
व्यक्तिगत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्षसम्मको अवधिका लागि २.७६ प्रतिशत ब्याजदर रहेको छ।
१ वर्षभन्दा माथि २ वर्षसम्म ३ प्रतिशत, २ वर्षभन्दा माथि ५ वर्षसम्म ३.५० प्रतिशत, ५ वर्षभन्दा माथि १० वर्षसम्म ३.७५ प्रतिशत र १० वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ४.१५ प्रतिशत ब्याजदर तोकिएको छ।
संस्थागत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्षसम्म तथा १ वर्षभन्दा माथि २ वर्षसम्म २.७५ प्रतिशत ब्याजदर रहेको छ। २ वर्षभन्दा माथि ४ वर्षसम्म २.८० प्रतिशत र ४ वर्षभन्दा माथि १० वर्षसम्म ३ प्रतिशत ब्याजदर कायम गरिएको छ।
रेमिट्यान्स मुद्दतीमा ५.१५ प्रतिशतसम्म
व्यक्तिगत रेमिट्यान्स मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्षसम्म ३.७६ प्रतिशत, १ वर्षभन्दा माथि २ वर्षसम्म ४ प्रतिशत, २ वर्षभन्दा माथि ५ वर्षसम्म ४.५० प्रतिशत, ५ वर्षभन्दा माथि १० वर्षसम्म ४.७५ प्रतिशत र १० वर्षभन्दा माथि ५.१५ प्रतिशत ब्याजदर तोकिएको छ।
आवधिक तथा अन्य निक्षेप
आवधिक निक्षेप र समृद्ध गैरआवधिक निक्षेपमा २.७६ प्रतिशत ब्याजदर रहेको छ। यी खातामा न्यूनतम मौज्दातको आवश्यकता छैन।
कर्मचारी कल्याण खातामा २.७६ प्रतिशत ब्याजदर रहेको छ। अक्षय कोषमा २.७६ प्रतिशत वा आपसी सहमतिमा ब्याजदर तोकिनेछ र न्यूनतम मौज्दात २५ हजार रुपैयाँ हुनुपर्नेछ।
एनबीएल ट्रस्ट फन्डमा २.७५ प्रतिशत र सामान्य कल निक्षेपमा ०.२० प्रतिशत ब्याजदर रहेको छ। सामान्य कल निक्षेपका लागि न्यूनतम मौज्दात १ लाख रुपैयाँ तोकिएको छ।
विदेशी मुद्रा निक्षेप
विदेशी मुद्रा बचत निक्षेपतर्फ अमेरिकी डलरमा २.७५ प्रतिशत ब्याजदर रहेको छ। यसका लागि न्यूनतम १०० अमेरिकी डलर आवश्यक हुनेछ।
युरोमा १ प्रतिशत र न्यूनतम १०० युरो, पाउन्डमा १.६५ प्रतिशत र न्यूनतम १०० पाउन्ड तथा जापानी येनमा ०.५० प्रतिशत र न्यूनतम १०० येन आवश्यक हुनेछ।
गैरआवासीय नेपालीको बचत निक्षेपमा अमेरिकी डलरमा २.७५ प्रतिशत र न्यूनतम १०० अमेरिकी डलर, पाउन्डमा १.५० प्रतिशत र न्यूनतम ३०० पाउन्ड तथा अस्ट्रेलियन डलरमा २ प्रतिशत र न्यूनतम १ हजार अस्ट्रेलियन डलर तोकिएको छ।
५ वर्षसम्मको विदेशी मुद्रा मुद्दती निक्षेपमा अमेरिकी डलरको ब्याजदर ३.२५ प्रतिशत रहेको छ। गैरआवासीय नेपालीको ५ वर्षसम्मको मुद्दती निक्षेपमा अमेरिकी डलर, पाउन्ड र अस्ट्रेलियन डलर तीनवटैमा ३.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ।
अमेरिकी डलरको विदेशी मुद्रा कल निक्षेपमा १.२५ प्रतिशत ब्याजदर रहेको छ। यसको ब्याज त्रैमासिक रूपमा भुक्तानी गरिनेछ।
व्यवसाय तथा वाणिज्य कर्जाको चल ब्याजदर
निर्यात कर्जामा आधारदरमा बढीमा १ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। पूर्व तथा पश्चात् ढुवानी नेपाली रुपैयाँ कर्जामा आधारदरमा बढीमा २ प्रतिशतसम्म थप र अमेरिकी डलरमा एसओएफआरमा बढीमा १.७५ प्रतिशतसम्म थप ब्याजदर रहनेछ।
बिल संकलनविरुद्धको कर्जामा आधारदरमा बढीमा २ प्रतिशतसम्म थप ब्याजदर कायम गरिएको छ।
नेपाली रुपैयाँको ट्रस्ट रिसिप्ट कर्जामा आधारदरमा ०.२५ प्रतिशतदेखि १.७५ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। व्यापारिक प्रयोजनको ट्रस्ट रिसिप्टमा आधारदरमा बढीमा १.७५ प्रतिशत र अमेरिकी डलरको ट्रस्ट रिसिप्टमा एसओएफआरमा बढीमा २ प्रतिशत थप हुनेछ।
औद्योगिक व्यवसायिक अवधिको कर्जामा आधारदरमा ०.७५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म थप ब्याजदर रहेको छ। व्यापारिक प्रयोजनको वाणिज्य कर्जामा आधारदरमा १.७५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ।
रियल इस्टेट हाउजिङ प्लान र रियल इस्टेट कमर्सियल कम्प्लेक्स कर्जामा आधारदरमा १.७५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म थप ब्याजदर रहेको छ। हायर पर्चेज कर्जामा आधारदरमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप ब्याजदर तोकिएको छ।
चालु पुँजी तथा एसएमई कर्जा
औद्योगिक चालु पुँजी कर्जामा आधारदरमा ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशतसम्म थप ब्याजदर रहेको छ। व्यापारिक चालु पुँजी कर्जामा ०.५० प्रतिशतदेखि २.२५ प्रतिशतसम्म थप र एनबीएल स्थायी चालु पुँजीमा ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशतसम्म थप ब्याजदर कायम गरिएको छ।
विशेष एसएमई कर्जाअन्तर्गत धितो कर्जामा आधारदरमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म थप, सानो व्यवसाय कर्जामा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप, समृद्ध व्यावसायिक कर्जामा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप, समृद्ध व्यावसायिक अवधिको कर्जामा १.२५ प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म थप र समृद्ध व्यावसायिक चालु पुँजी कर्जामा ०.७५ प्रतिशतदेखि २.५० प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
लघु उद्यम कर्जामा आधारदरमा ०.७५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म थप ब्याजदर रहेको छ। वार्षिकोत्सव व्यवसायिक कर्जामा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप र ८५औँ वार्षिकोत्सव व्यवसायिक कर्जामा ०.७५ प्रतिशतदेखि २.५० प्रतिशतसम्म थप ब्याजदर कायम गरिएको छ।
विपन्न वर्ग कर्जाका व्यक्तिगत, संस्थागत थोक घुम्ती, संस्थागत थोक अवधिको, संस्थागत खुद्रा घुम्ती, संस्थागत खुद्रा अवधिको, कृषि तथा सहुलियतपूर्ण कर्जामा आधारदरमा बढीमा २ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। गैरसहुलियतपूर्ण कर्जामा आधारदरमा बढीमा २.५० प्रतिशतसम्म थप हुनेछ।
एनबीएल सरल कृषि कर्जा चालु पुँजी र अवधिको कर्जामा आधारदरमा ०.५० प्रतिशत थप ब्याजदर रहेको छ।
अन्य धितोमा आधारित कर्जा
सुन तथा चाँदी कर्जामा आधारदरमा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर लाग्नेछ। आफ्नै वर्गको बैंक जमानतविरुद्धको कर्जामा आधारदरमा २ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
मुद्दती निक्षेप रसिदविरुद्धको कर्जामा कुपनदरमा २ प्रतिशत थप ब्याजदर लाग्नेछ।
सरकारी धितोपत्रविरुद्धको कर्जामा कुपनदरमा १ प्रतिशत थप वा १ वर्षे मुद्दती निक्षेपको ब्याजदरमध्ये जुन बढी हुन्छ, सोही दर लागू हुनेछ।
सफल व्यवसाय कर्जामा आधारदरमा १ प्रतिशतदेखि २ प्रतिशतसम्म थप ब्याजदर रहेको छ भने उद्यमशीलता अवधिको कर्जा लुम्बिनीमा समझदारीपत्रअनुसार ब्याजदर निर्धारण हुनेछ।
एनबीएल वाणिज्यिक कृषि तथा पशुपन्छी अवधिको कर्जा कमलमा आधारदरमा बढीमा २ प्रतिशतसम्म थप र चालु पुँजी कर्जामा बढीमा २.२५ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
एनबीएल व्यवसायिक जीवक्ष्य अवधिको कर्जा गण्डकीमा आधारदरमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप र एनबीएल कोशी प्रदेश कृषि कर्जा चालु पुँजी तथा अवधिको कर्जामा आधारदरमा १ प्रतिशत थप ब्याजदर रहेको छ।
खुद्रा कर्जाको ब्याजदर
विद्युतीय तथा गैरविद्युतीय निजी सवारीसाधनका ५ वर्षे कर्जामा आधारदरमा ०.४९ प्रतिशत थप ब्याजदर लाग्नेछ। ७ वर्षे निजी सवारी कर्जामा आधारदरमा ०.७५ प्रतिशतदेखि २.४९ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
निजी सवारी व्यवसायिक कर्जाको ५ वर्षे अवधिमा आधारदरमा ०.४९ प्रतिशत थप ब्याजदर कायम गरिएको छ। विद्युतीय तथा गैरविद्युतीय वाणिज्यिक सवारीको ३ देखि ५ वर्षे कर्जामा आधारदरमा १.५० प्रतिशतदेखि २.४९ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
अटो कर्जा ‘नियो’मा आधारदरमा २ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप र पेसागत अटो कर्जामा आधारदरमा ०.८५ प्रतिशतदेखि २.४९ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
घर कर्जामा ५ वर्ष, १० वर्ष र १० वर्षभन्दा माथिको अवधिका लागि आधारदरमा २.४२ प्रतिशत थप ब्याजदर तोकिएको छ। पेसागत घर कर्जा र नेपालाल्मी घर कर्जामा पनि आधारदरमा २.४२ प्रतिशत थप ब्याजदर रहेको छ।
शुलभ आवास कर्जामा ५ वर्षका लागि नोट नम्बर ९ अनुसारको दर लागू हुनेछ। ५ वर्षभन्दा माथि १० वर्षसम्म आधारदरमा १ प्रतिशत थप, १० वर्षभन्दा माथि १५ वर्षसम्म १.५० प्रतिशत थप र १५ वर्षभन्दा माथि २५ वर्षसम्म २ प्रतिशत थप ब्याजदर रहेको छ।
एनबीएल वैदेशिक आवास कर्जामा ५ वर्षसम्म आधारदरमा ०.५० प्रतिशत थप, ५ वर्षभन्दा माथि १० वर्षसम्म १ प्रतिशत थप, १० वर्षभन्दा माथि १५ वर्षसम्म १.५० प्रतिशत थप र १५ वर्षभन्दा माथि २५ वर्षसम्म २ प्रतिशत थप ब्याजदर कायम गरिएको छ।
व्यक्तिगत अवधिको कर्जामा १० वर्षसम्म आधारदरमा २.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप र १० वर्षभन्दा माथि ३.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
व्यक्तिगत ओभरड्राफ्टमा आधारदरमा २.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप, पेसागत ओभरड्राफ्टमा २ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप र अन्य एफओडीमा २ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
एनबीएल पेसागत कर्जा ओभरड्राफ्टमा आधारदरमा २ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप र अवधिको कर्जामा २.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
शैक्षिक कर्जामा ५ वर्षका लागि आधारदरमा २ प्रतिशतदेखि ३ प्रतिशतसम्म थप र १० वर्षका लागि २.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप ब्याजदर रहेको छ। मार्जिन कर्जामा आधारदरमा १.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप ब्याजदर कायम गरिएको छ।
एनबीएल फास्ट कर्जाको अवधिको कर्जामा आधारदरमा २.५० प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप, फास्ट ओभरड्राफ्टमा ३ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म थप, सेवाङ्गी कर्जामा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म थप, छाहारी कर्जामा १.७५ प्रतिशतदेखि ३.७५ प्रतिशतसम्म थप र अन्य खुद्रा कर्जामा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म थप ब्याजदर रहेको छ।
निश्चित ब्याजदरका खुद्रा कर्जा
घर कर्जामा ५ वर्षका लागि ७.९९ प्रतिशत, ७ वर्षका लागि ७.९९ प्रतिशत र १० वर्षका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदर रहेको छ।
नेपालाल्मी तथा पेसागत घर कर्जामा ५ वर्षका लागि ७.९९ प्रतिशत र १० वर्षका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदर तोकिएको छ। शुलभ आवास कर्जामा ५ वर्षका लागि ५.९९ प्रतिशत र १० वर्षका लागि ८ प्रतिशत निश्चित ब्याजदर रहेको छ।
अटो कर्जामा ५ वर्षका लागि ७.९० प्रतिशत र ७ वर्षका लागि ८.५० प्रतिशत निश्चित ब्याजदर रहेको छ। नेपालाल्मी तथा पेसागत अटो कर्जामा पनि यही दर लागू हुनेछ।
विद्युतीय सवारी कर्जामा ५ वर्षका लागि ८ प्रतिशत र ७ वर्षका लागि ८.५० प्रतिशत निश्चित ब्याजदर कायम गरिएको छ। व्यक्तिगत अवधिको कर्जामा ५ वर्षका लागि ८.५० प्रतिशत र १० वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर रहेको छ।
एनबीएल पेसागत अवधिको कर्जामा ५ वर्षका लागि ७.९० प्रतिशत र ७ वर्षका लागि ८.५० प्रतिशत ब्याजदर रहेको छ।
एनबीएल फास्ट कर्जामा ५ वर्ष र १० वर्ष दुवै अवधिका लागि ९.९९ प्रतिशत निश्चित ब्याजदर रहेको छ।
शैक्षिक कर्जामा ५ वर्षका लागि ७.९० प्रतिशत र ७ वर्षका लागि ८.५० प्रतिशत ब्याजदर रहेको छ। स्वरोजगार कर्जामा ५ वर्षका लागि ९.९९ प्रतिशत र भाडा कर्जामा ५ वर्षका लागि ८.५० प्रतिशत निश्चित ब्याजदर कायम गरिएको छ।
१० वर्षसम्मको व्यवसायिक अवधिको कर्जामा बढीमा ९ प्रतिशतसम्म निश्चित ब्याजदर तोकिएको छ।
आधारदर र बैंकका अन्य सर्त
२०८३ साउन मसान्तमा समाप्त भएको लगातार तीन महिनाको औसत आधारदर ४.४६ प्रतिशत रहेको छ। साउन २०८३ को ब्याजदर अन्तर ३.४६ प्रतिशत रहेको बैंकले जनाएको छ।
चल ब्याजदर भएका कर्जाको ब्याजदर पछिल्लो लगातार तीन महिनाको औसत आधारदरमा हुने परिवर्तनअनुसार समायोजन हुनेछ।
कन्सोर्टियम कर्जाको ब्याजदर कन्सोर्टियम बैठकको निर्णयअनुसार निर्धारण हुनेछ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भुक्तानी अवधि नाघेको वा म्याद समाप्त भएको कर्जाको रकममा वार्षिक २ प्रतिशत थप जरिवाना ब्याज लाग्नेछ।
वाचलिस्टमा रहेका ऋणीका लागि वार्षिक २ प्रतिशतसम्म अतिरिक्त जोखिम प्रिमियम लिन सकिने व्यवस्था गरिएको छ। समान प्रकृतिका कर्जा उत्पादनको ब्याजदर नेपाल राष्ट्र बैंकको निर्देशन नम्बर १५/०८१ को बुँदा नम्बर ३७(१) अनुसार कायम गरिनेछ।
प्रत्येक ऋणीका लागि लाग्ने प्रिमियम कर्जाको प्रकार, वर्ग, अवधि तथा बैंकको आन्तरिक कर्जा जोखिम मूल्यांकनका आधारमा निर्धारण हुनेछ।
बैंकले नेपालाल्मी अटो कर्जाको माग स्थगित गरेको छ। त्यस्तै, एनबीएल डायमन्ड बचत खाता र एनबीएल पायोनियर बचत निक्षेप खाता नयाँ खोल्न पनि स्थगन गरिएको छ।
शुलभ आवास कर्जामा पहिलो ५ वर्षका लागि निश्चित ब्याजदर ५.९९ प्रतिशत हुनेछ। त्यसपछि सम्बन्धित अवधिअनुसार आधारदरमा तोकिएको चल प्रिमियम थप गरी ब्याजदर लागू हुनेछ।
