इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले तेल अभिभतर्फ उडान गर्दा साउदी अरबमा आपत्कालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेकोजस्तो देखिएको बताएका छन्।
घटनापछि एक यात्रु र चालकदलका एक सदस्य ककपिटको ढोका फोडेर भित्र गएको अनि धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी आफूलाई दिइएको उनले बताए।
त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतन्याहूले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ।
इजरेलका रक्षामन्त्रीले प्रारम्भिक सङ्केतले सो घटना ुजिहादी आतङ्कवादी हमलाको प्रयास भएकोु भन्दै विमानलाई नियन्त्रणमा लिन अर्का पाइलटलाई साथ दिएकोमा यात्रुहरूको प्रशंसा गरे।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको एफजेड१०७३ मा भएको उक्त विमानमा भएको घटनाबारे फ्लाइदुबईले पनि प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
विमानको फ्लाइट डेकुमा झगडा भएको उल्लेख गर्दै ती प्रवक्ताले उक्त उडानमा रहेका फ्लाइदुबईका चालकदलका सदस्यले सफलतापूर्वक त्यसलाई नियन्त्रणमा लिएको उक्त वायुसेवाका प्रवक्ताले जनाए।
सबै जना सुरक्षित रहेको उल्लेख गर्दै उक्त वायुसेवाले अहिलेको चरणमा उक्त घटनाको उद्देश्य र कारण थाहा नभएको र औपचारिक अनुसन्धानबाट मात्रै थाहा हुने उल्लेख गरेको छ।
के भएको थियो ?
विमानचालकहरूबीच झगडा भएपछि यूएईको दुबईबाट इजरेलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरेली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए।
उडान ट्र्याक गर्ने वेबसाइट ुफ्लाइटरेडार२४ु का अनुसार संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार बिहान उडेको फ्लाइदुबईको उक्त विमानले दुई घण्टापछि आपत्कालीन सङ्केत पठाएको थियो।
त्यसको केही मिनेटपछि उक्त सङ्केतलाई परिवर्तन गरेर ूविमान अपहरणू मा परेको सङ्केत पठाइएको थियो। तर पछि फेरि त्यसलाई सामान्य आपत्कालीन सङ्केतमै फर्काइएको थियो।
उक्त विमानमा झन्डै १५० जना सवार थिए। तीमध्ये अधिकांश इजरेली नागरिक हुन्।
उडान नम्बर एफजेड१०७३ (FZ1073) को उक्त विमान बेन-गुरियन विमानस्थलमा अवतरण हुनुपर्ने थियो।
तर विमानचालकहरूबीच विवाद उत्पन्न भएपछि अप्रत्याशित रूपमा उत्तरपूर्वी साउदी अरबको तबुक विमानस्थलमा पुगेको अधिकारीहरूले जनाएका छन्।
