नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै नवरात्रको विधिवत् आरम्भ हुन्छ ।
घटस्थापनाका दिन घरघरमा जमरा राख्नुका साथै कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । सुख, समृद्धि, ऐश्वर्य र मंगलको प्रतीकका रूपमा कलशलाई स्थापना गरी नवरात्रभर विशेष पूजा गर्ने गरिन्छ ।
घटस्थापनाका अवसरमा बिहानै शुद्ध स्थानमा विधिपूर्वक पूजा गरी माटो वा बालुवामा जौ छरेर जमरा राखिन्छ । त्यसपछि कलश स्थापना गरी देवी भगवतीको पूजा आराधना गरिन्छ ।
घटस्थापनाको धार्मिक तथा सांस्कृतिक महत्वबारे स्पष्ट पार्दै यो नवरात्रमा देवी भगवतीको उपासना आरम्भ गर्ने महत्वपूर्ण दिन भएको हो ।
‘घट’ भन्नाले भन्नाले राख्ने भन्ने अर्थ लाग्ने भएकाले घडा स्थापना गर्ने कार्यलाई घटस्थापना भनिन्छ ।
घटस्थापना शारदीय नवरात्रसँग सम्बन्धित रहेको र यस दिनदेखि नौं दिनसम्म भगवतीको आराधना गर्ने परम्परा रहेको छ ।
वर्षमा चारवटा नवरात्र हुने भए पनि दुईवटा गुप्त नवरात्र र शारदीय तथा वासन्ती गरी दुईवटा प्रमुख नवरात्र मानिन्छन् । चैत्रमा पर्ने वासन्ती नवरात्र भएपनि नेपालको सन्दर्भमा शारदीय नवरात्रको विशेष धार्मिक महत्व रहेको छ।
‘घट भनेको घडा हो, स्थापना भनेको राख्ने, घडालाई स्थापना गर्ने । कस्तो कार्यको लागि घट स्थापना गरिन्छ भन्ने कुरा नवरात्रसँग सम्वन्धित छ र देवीको उपासनासँग सम्बद्ध विषयवस्तु हो । यो शारदीय नवरात्र हो । यस्ता चारवटा नवरात्र हुन्छन् । दुईवटा गुप्त नवरात्र हुन्छन्,’ ‘दुईवटामा एक शारदीय र एउटा वासन्ती हुन्छ । चैत्रमा पर्ने वासन्ती भयो भने नेपालको परिप्रेक्ष्यमा शारदीय नवरात्रको विशेष महिमा छ । नवरात्रमा नौं दिनसम्म भगवतीको आराधना गरिन्छ र दसौँ दिनका दिन प्रसाद ग्रहण गरिन्छ र समापन हुने गर्छ ।’
घटस्थापनाका दिन घट स्थापना गरी त्यसमा जललगायत आवश्यक सामग्री राख्नुका साथै देवी भगवतीलाई आह्वान गरी नियमित पूजा आरम्भ गरिने हो। यसै दिन जौं रोपेर जमरा राख्ने परम्परा रहेको छ । जमरा भगवतीलाई प्रिय वस्तुका रूपमा शास्त्रमा उल्लेख गरिएको हो ।
‘मूलतः विधि—पद्धति भनेको एउटै हुन्छ । यव रोपण गरिन्छ, घट स्थापना गरिन्छ, जल राखिन्छ । घटस्थापना गर्ने चलन सबै स्थानमा एउटै तरिकाले गर्ने प्रचलन छ ।’
घटस्थापनाका लागि घडा, दियो, कलश, गणेश तथा देवी भगवतीको प्रतिमा लगायतका सामग्री आवश्यक पर्छन् । त्यस्तै चन्दन, अक्षता, पुष्प, पाद्य, अघ्र्य, आचमनी, पञ्चामृत, फल तथा नैवेद्यलगायत षोडशोपचार पूजाका सामग्री पनि प्रयोग गरिन्छन् ।
नवरात्रभर दुर्गा सप्तशती अर्थात् चण्डी पाठ गर्ने परम्परा रहेको र स्थान तथा परम्पराअनुसार देवी भागवत पाठसमेत गरिने गरिन्छ ।
‘घटस्थापनाका लागि देवीको पूजा आरम्भ गर्ने समय हो । यस्तोबेला सामग्री थुप्रै चाहिन्छन् । घडा, दियो, कलश, गणेशको पूजा गर्नुपर्छ । भगवतीको प्रतिमा स्थापना गर्नुपर्छ । पूजाका अन्य सामग्रीहरू–षोडशोपचारका सामग्रीहरू, चन्दन, अक्षता, पुष्प, पाद्य, अघ्र्य, आचमनी, पञ्चामृत आदि चाहिन्छ । त्यस्तै फल, नैवेद्य आदि यी सामान्य पूजाका कुराहरू चाहिन्छ ।’
जमरा राख्ने विषयमा भने सबै ठाउँमा मकै नै राख्नुपर्छ भन्ने मान्यता नरहेको हो ।
शास्त्रीय रूपमा ‘यव’ अर्थात् जौंको जमरा उत्तम मानिन्छ । कतिपय स्थानमा स्थानीय चलनअनुसार गहुँ वा अन्य अन्नको जमरा राख्ने गरिए पनि धार्मिक रूपमा जौलाई नै प्राथमिकता दिइएको हो।
घटस्थापनामा प्रयोग हुने घडाको सामग्री पनि स्थान र परम्पराअनुसार फरक हुनसक्ने हो । कतै माटोको, कतै तामाको तथा अन्य सामग्रीबाट बनेको घडा प्रयोग गरिएपनि स्थापना गर्ने मूल विधि भने समान रहने हो ।
घटमा जल, सर्वौषधि लगायतका सामग्री विधिपूर्वक राख्ने परम्परा रहेको छ।