लगातार तेस्रो कारोबार दिन आज पनि बढ्यो शेयर बजार, कारोबार ६ अर्ब नाघ्यो

साताको तेस्रो कारोबार दिन आज बुधबार शेयर बजार उकालो लागेको छ ।
आज नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ बिन्दुमा पुगेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.५८ अंकले बढेको छ। सेन्सेटिभ इण्डेक्स २.०६, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले बढेको छ।

आज कारोबार रकम पनि बढेको छ। हिजो मंगलबार ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको कारोबार भएकोमा आज बुधबार ३५६ स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा ६ अर्ब १४ करोड ६० लाख १९ हजार रुपैयाँबराबरको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ।