सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा यादव

अर्थमन्त्री वाग्लेले मंसिर ४ गतेकै मन्त्रिपरिषद् बैठकको निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएकी सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखाका रुपमा खटाउने निर्णय गरेका छन्।

अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरी सहसचिव यादवलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन्। उनी मंसिर ४ मा महोत्तरीको प्रमुख जिल्ला अधिकारीबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए।

यसअघि विभागका महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो। उनको सरुवापछि रिक्त रहेको पदमा यादवलाई पठाइएको हो।

यस्तै अर्थमन्त्री वाग्लेले मंसिर ४ गतेकै मन्त्रिपरिषद् बैठकको निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएकी सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखाका रुपमा खटाउने निर्णय गरेका छन्।

महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएका थिए।