बागमतीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो

दशौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा आज बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरमा हराएको छ।

वीरेन्द्रनगर क्रिकेट मैदानमा बागमतीले १ सय १३ रनको लक्ष्य १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनरद्वय हेलिसा गुरुङ र कन्चन श्रेष्ठले पहिलो विकेटको लागि ४० रनको साझेदारी गरे। कन्चन १३ रनमा आउट भइन्।

यसपछि विपिशा शाहीले १० रनमा रन आउट हुन पुगिन्। त्यतिखेर टोलीले ७१ रन बनाइसकेको थियो। लक्ष्मी माया रुम्बा लामा २० रनमा पबिलियन फर्कदा हेलिसा क्रिजमा टिकिन्।‌ अर्धशतक बनाएकी हेलिसाले ५१ बल खेल्दै ६ चौका सहित अविजित ५५ रनको इनिङ खेलिन् ।

बलिङमा अनु कडायत र स्नेहा मोहराले समान १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। मनिषा बोहराले सर्वाधिक ३३ रन बनाइन्।

अनु कडायत २३ र रितु कनोजिया १५ रनमा अविजित रहे। स्नेहा महराले २२ रन बनाइन्। यी चार बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।

बलिङमा अस्मिना कर्माचार्यले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिबइन् । संस्कृति फुयाल र लक्ष्मी मायाले १र१ विकेट लिए। ग्रुप सी अर्को टोली गण्डकी छ।