आज बडा दशैँको तेस्रो दिन- द्वादशी

  • Clock icon
    २०८३ कार्तिक ७, शुक्रबार

निदारमा रातो टिका अनि कानमा पहेंलो जमारा लगाएर मान्यजनका हातबाट आशिष लिनलाई मानिसहरु टाढा टाढाबाट यात्रा गर्दैछन् ।
सार्वजनिक यातायातमा मानिसहरुको भिड बाक्लै छ अनि तराई तिर गर्मि घटेको नै छैन ।

आज बिजया दशमी अर्थात बडा दशैँको तेस्रो दिन घरमा नवदुर्गाको आशिष लिन आउने मान्छेहरु अलि कम भए कि उस्तै छ ! मुख्यतया विजया दशमीका दिनको टिकालाई विशेष मानिन्छ ।

तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका लगाउन नभ्याउन नसकिने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन यथावत नै छ ।

दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । आशा छ तपाईको यसपालिको दसै बडो रमाइलो हुदै होला ।