काठमाडौँ महानगर क्षेत्रभित्र प्लास्टिकका फूल बेच्न प्रतिबन्ध

  • Clock icon
    २०८३ कार्तिक १७, मंगलवार

काठमाडौँ महानगरपालिकाले तिहारका लागि महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामाग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामाग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरी गरिने चेतावनी दिएको हो।

दीपावली पर्वका अवसरमा यस वर्ष काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरण नगर्नुरनगराउनुहुन र स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिई कार्य गर्नरगराउन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछौँ सूचनामा भनिएको छ, यो सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामाग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने बेहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।

साथै महानगर प्रहरी बलले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला सरोकारवाला निकायहरूसँगको समन्वयमा बिक्रीका लागि निश्चित स्थान पनि तोकिदिएको छ।

 

रासस