आज धेरै ठाउँमा हुस्सु तथा तुवाँलो

mausam bivag

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवाँलो लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

शुक्रबार कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

एक सातादेखि लगातार घटिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बिहीबार मंसिर १० गते भने केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको हो।