के नेपालको नक्सा अन्तराष्ट्रिय क्षेत्रमा पुग्न नसकेको हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा आफ्नो एक कामले अति नै चर्चा बटुलिनु भएको थियो । हरेक जनताले त्यस क्षेत्रमा ओलीलाई अति राम्रो मानेका थिए । हरेक जनताले त्यसमानेमा ओलीलाई अति नै राम्रो मानेका थिए ।

वास्तवमा त्यो काम के हो भने भारतले आफ्नो भनि दाबी गर्दै आएको नेपालको पश्चिमी भू भाग लिपुलेक, लिम्पुवाधुरा तथा कालापानीको भूभाग आफ्नो भनी दाबि सो भूभाग समेटेर नक्सा जारि गर्नुभएको थियो प्रधानमन्त्री ओलीले ।

लामो समयसम्म नेपालमा चलनचल्तीमा आएका कयौं स्थानमा सो जमिन समेटिएको नक्सा नै प्रयोग भएनन् । तर पछि प्रयोग भए । तर एउटा कुरा के हो भने जुनसुकै मुलुकको शान इज्जत पहिचान भनेको त्यहाँको (नक्सा, झन्डा, खाना, खेल, मुलुकको पहिचान झल्काउने लोगो, राष्ट्रिय जनावर) चित्रमा राखिएको चिन्ह् हो । तर हालै चित्रमा जारी अन्तराष्ट्रिय स्तरमा र वातावरणका लागि प्लास्टिक प्रयोग बन्द गरौं, बाँसजन्य सामानको प्रयोग गरौं भनि सञ्चालित कार्यक्रममा नेपालको पूरै भूभाग ( लिपुलेक, लिन्पियाधुरा तथा कालापानी ) सहितको जग्गा नसमेटिएको नक्सा प्रयोग भएको देखिएको छ ।

चीन सहित ५ देशको सहभागितामा चीनको बेइजिङमा बिहिबारदेखि जारी १४ दिने अन्तराष्ट्रिय कार्यक्रममा पलास्टिक जन्य सामाग्रिले वातावरणमा अध्याधिक असर पार्ने भएकाले उच्चतम बाँसको उत्पादन तथा अन्तराष्ट्रिय बजार व्यवस्थापनको बारेमा अध्ययन, अध्यापन हुने स्थानमा समेत चीनले नेपालको पूरानो नक्सा नै प्रयोग गरेको छ ।

नेपालका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको समेत उपस्थिती रहने कार्यक्रममा नेपालको नक्साको कुटनीतिक रुपमा तर्क सहित प्रयोगका लागि पहल नगर्नु राम्रो होइन । कार्यक्रमको आयोजक इन्टरनेशनल सेन्टर फर ब्याब्बो एण्ड र्याटनले कार्यक्रममा सहभागिले प्रस्तुत गर्ने सामाग्रीको चाँजबुझ नगर्ने भएकाले जिम्मेवारीबाट टाढा रहनु स्वभाविकै हो ।

चीनस्थित नेपाली दूतावासमा नयाँ नक्सा प्रयोग गरेपनि चीनका सरकारी तथा नीजि संघ सस्थामा नेपालका कस्ता नक्सा प्रयोगमा आएका छन् भनेर कुनै अनुसन्धान नभएको प्रष्ट छ ।

तसर्थ नेपालम मात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत नेपालको लिपुलेक लिम्पियाधुरा तथा कालापानी सहितकोे भूभाग नेपलको हैन भनि भन्न खोजिएको जस्तो देखिने चीन लगायत सबै देशमा सरकारले दुतावासमार्फत वा विभिन्न कुटनीतिक क्षेत्र मार्फत सुझाब दिनु आवश्यक छ ।