आज अधिकांश विदेशी मुद्रा अस्थिर

मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ।

हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा छ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा छ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा छ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा छ।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।