भारत र पाकिस्तान वीच भएको युद्व मा नेपाललाई पर्ने असरमा रास्वपाको चासो

भारत र पाकिस्तान वीच युद्वूले नेपाललाई पर्ने विभिन्न असरको न्यूनिकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले योजना सहित अघि बढ्न सरकारलाई आग्रह गरेको छ । रास्वपाका सांसद शिशिर खनालले युद्धले नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखला को असरका साथै पश्चिम भारतमा र पाकिस्तान मा रहेका नेपाली हरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न आग्रह गर्नुभएको छ ।

उहाँले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्।।
साथै, रास्वपा सांसद खनालले भन्नुभएको छ, ‘संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिंंङ होस भनि माग गर्दछु।’