सामसङ नेपालमा नयाँ ग्यालेक्सी Z फोल्ड७ र फ्लिप७ प्रि-अर्डर खुल्यो

सामसङ नेपालले अत्याधुनिक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी Z फोल्ड७ र Z फ्लिप७ को प्रि-अर्डर खुलाएको छ। ग्लोबल अनप्याक्ड पछि, नेपाली उपभोक्ताले २०७५ साल साउन २२ (अगस्ट ७) देखि साउन २९ (अगस्ट १४) सम्म यी नयाँ स्मार्टफोन प्रि-अर्डर गर्न सक्नेछन्।

ग्यालेक्सी Z फोल्ड७ श्रृंखलाले सबैभन्दा पातलो र हलुका डिजाइनमा, नयाँ ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिलाई एकै ठाउँमा ल्याएको छ। यसले अल्ट्रा-स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन गर्दै, खोल्दा ठूलो र इमर्सिभ डिस्प्ले मार्फत उच्च कार्यक्षमता प्रदान गर्दछ।

अर्को नयाँ मोडेल ग्यालेक्सी Z फ्लिप७ मा स्मार्ट AI फीचरहरू समावेश छन् र दैनिक प्रयोगका लागि कम्प्याक्ट तर शक्तिशाली अनुभव दिन डिजाइन गरिएको छ। यसमा फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्स विन्डो र आइकोनिक डिजाइनले प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ। फ्लेक्स विन्डो ४.१ इन्चको ठूलाे डिस्प्ले भएको छ जुन फोन खोल्दा र फोल्ड गर्दा दुवै अवस्थामा सजिलै दैनिक काम गर्न सकिन्छ।

सामसङ नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापना ले भने, “ग्यालेक्सी Z फोल्ड७ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनःपरिभाषित गरेको छ। यो अत्याधुनिक हार्डवेयर संयोजनले प्रयोगकर्तालाई सहज, स्मार्ट र शक्तिशाली अनुभव दिनेछ।”

नेपालमा यी स्मार्टफोनहरू २५६GB भेरियन्टमा उपलब्ध छन्। प्रि-अर्डरका लागि ग्राहकहरूले https://www.samsungcampaigns.com मा गई दर्ता गरी रु ५,००० अग्रिम भुक्तानी गर्नुपर्नेछ। भुक्तानीपछि ग्राहकहरूले OTP प्राप्त गर्नेछन् जसको प्रयोग गरेर स्टोरबाट फोन खरिद गर्दा प्रमाणित गर्न सक्नेछन्।

सामसङको यो नयाँ फोल्डेबल स्मार्टफोनले नेपाली बजारमा टेक्नोलोजी प्रेमीहरूबीच ठूलो चर्चा पाउने अपेक्षा गरिएको छ।