कांग्रेस सांसद सुनिल शर्माको दुर्गा प्रसाईंलाई स्वागत

उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायीलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् ।

उनी केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको बाँकी प्रक्रिया पूरा गर्नेगरी काम गरिरहेको छ ।

Sunil Sharma
sunil Sharma

बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कूल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् ।

दुईवटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।