मूल्य फेरि चढ्यो: सुनमा १९ सय र चाँदीमा ३० रुपैयाँको उकालो

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा १९०० रुपैयाँले बढी हो।

हिजो अर्थात् सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ६०० रुपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले मात्र बढेको थियो। तर आजको वृद्धि तुलनात्मक रूपमा धेरै देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर प्रतितोला २ हजार २८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् सोमबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार