नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार हल्लमार्क सुनको मूल्य तोलामा रु. १,९८,४०० कायम भएको छ, जुन अघिल्लो दिनकै मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्य भने बढेर तोलामा रु. २,३१५ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्यमा वृद्धि भएको हो।