पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक सम्बृद्धि र समृद्ध नेपालकालागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस यनियल यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो ।
यो समिट काठमाडौदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते देखि ३० गतेसम्म चल्नेछ । विश्वको बदलिदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव बारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुती रहनेछ ।
समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्न परेका कठिनाई अवसर र चुनौतीमा प्रस्तुती, छलफल र सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ ।