‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पाँचौं दिन राजधानीमा टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू रंग सार्वजनिक गरिएको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा थप आकर्षक विकल्पको रूपमा यो नयाँ भर्सन ल्याएको जनाएको छ।
नयाँ मिडनाइट ब्लू संस्करणको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ भने एक्स्पोमा मात्र ग्राहकहरूलाई १५ हजार रुपैयाँ नगद छुटको विशेष अफर पनि दिइएको छ।
टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको शक्तिशाली इन्जिन छ, जसले ७७५० आरपीएममा २०.४ पीएस पावर र ३७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्दछ। ५ स्पीड गियर ट्रान्समिशन र स्लीपर क्लचले सवारीलाई सहज र आरामदायी बनाउँछ।
फ्रन्टमा राउन्ड सेप एलईडी हेडलाइट, टी सेप एलईडी डे टाइम रनिङ्ग लाइट, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमाण्ड जस्ता प्रिमियम सुविधाले यस बाइकलाई स्मार्ट र प्रयोगमैत्री बनाएको छ।
टीभीएस रोनिनको आधुनिक डिजाइन र प्रविधि सुधारले नेपाली बजारमा नयाँ पहिचान बनाउन सहयोग पुर्याउने कम्पनीको विश्वास छ।