महालक्ष्मी विकास बैंक भारतको एचडिएफसी बैंकबिच सीमापार भुक्तानी सम्झौता

महालक्ष्मी विकास बैंक र भारतको एचडिएफसी बैंकबिच सीमापार भुक्तानी तथा वित्तीय सेवा प्रवद्र्धन गर्नेबारे सम्झौता भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो ।

यो प्रणाली सञ्चालन गर्नेमा महालक्ष्मी पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबारसमेत गरिसकेका छन् । एचडिएफसीले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा महालक्ष्मीले पहुँच प्राप्त गर्नेछ । यसबाट कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यम प्रयोग गरी एचडिएफसी बैंकमार्फत नेपालको महालक्ष्मीको खातामा सीधै रकम जम्मा गर्न सक्नेछन् । यसका साथै भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर पनि नेपाल पैसा पठाउन सकिने बताइएको छ ।

एचडिएफसीको सम्झौताले नेपाल–भारतबिच बताइएका व्यापार र वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।