नेपाली बजारमा आज (सोमबार) सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १,९८,१०० रुपैयाँमा झरेको छ, जुन आइतबारको मूल्यभन्दा प्रतितोला १,१०० रुपैयाँ कम हो। आइतबार छापावाल सुन प्रतितोला १,९९,२०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य आइतबार पनि २०० रुपैयाँले घटेको थियो, यससँगै लगातार दुई दिनमा सुनको मूल्यमा १,३०० रुपैयाँको गिरावट आएको छ। यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार प्रतितोला २,३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला २,३१५ रुपैयाँमा झरेको छ, अर्थात् अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ कम।