पिपुल्स पावरको हकप्रद शेयर आवेदन आज सकिन्छ

पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज साउन २६ गते हो। कम्पनीले हाल कायम १० कित्ता शेयरप्रति ५ कित्ताको अनुपातमा नयाँ हकप्रद शेयर निष्काशन गरेको छ। यसअनुसार ३१ करोड ६३ लाख रुपैयाँ बराबरका, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर सार्वजनिक गरिएको छ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरिसकेको छ। असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि यो ९४ करोड ८९ लाख रुपैयाँ पुग्ने अनुमान छ।