एभरेष्ट बैंकको नाफामा उछाल अघिल्लो अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार
everest Bank एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा बढेसँगै खुद नाफा बढेको हो । यसका साथै बैंकको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.८३ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३१.६३ प्रतिशत बढेको छ।

अघिल्लो आवको अन्त्यमा ०.७१ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.३८ प्रतिशत झरेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा चार अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असार मसान्तसम्म बैंकको आम्दानी ६.५२ रुपैयाँले बढेर ३७.९९ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ।

असार मसान्तसम्म १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिर्टन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार