आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो ।
आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना -तयारी सम्बान्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
उक्त विषयको छलफलको लागि बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि आमन्त्रण गरिएको छ ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार