त्रिभुवन विमानस्थलमा भिजिटर पास सेवा बन्द, विशेष यात्रुका लागि सुविधा यथावत

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण सेवा बन्द गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल कार्यालयले मंगलबार (साउन २७)देखि लागू हुने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

विमानस्थलले जारी गरेको सार्वजनिक सूचनामा व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती महिला तथा नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको उल्लेख छ। साथै, ह्वीलचेयरलगायत विशेष सहायता आवश्यक यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीको सहकार्यमा सहजीकरण गरिने जनाएको छ।

प्रशासनले यात्रुलाई चेक-इन ब्यागेजको संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमै उल्लेख हुने भएकाले सोही अनुसार नियम पालना गर्न आग्रह गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब यात्रुका आफन्तले भिजिटर पास लिएर अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेश गर्न नपाउने छन्। यसअघि विमानस्थलको ड्युटी अफिसमार्फत भिजिटर पास वितरण गरिँदै आएको थियो।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार