सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा झन्डै ७१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, यो नाफा अघिल्लो वर्षको तुलनामा ३.६३ प्रतिशतले बढी हो।
कम्पनीको खुद बीमा शुल्क आर्जन ११.५८ प्रतिशतले वृद्धि भएर २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीले १ अर्ब १३ करोड ४९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ, जुन अघिल्लो आवको २ अर्ब १६ करोड ८ लाख रुपैयाँको तुलनामा घटेको हो।
कुल आम्दानी २.०६ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ र कुल खर्च ३.३६ प्रतिशतले घटेर २ अर्ब ८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २५.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ छ। चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीले विशेष जगेडा कोषमा २ अर्ब ५० करोड र महाविपत्ति कोषमा २ करोड ४३ लाख रुपैयाँ संचित गरेको छ।