ट्रेड टावरको नाफा ९९ प्रतिशत भन्दा बढी घट्यो

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

ट्रेड टावर लिमिटेडको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा ९९.३९ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षाअवधिमा खुद नाफा घटेर जम्मा १ लाख ३० हजार रुपैयाँमा सीमित भएको हो। अघिल्लो आव २०८०/८१ मा भने कम्पनीले २ करोड १३ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफामा तीव्र गिरावट आए पनि सञ्चालन आम्दानीमा भने उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ करोड ७५ लाख रुपैयाँभन्दा ४६९.४८ प्रतिशत धेरै हो।

कम्पनीको नाफा घट्नुमा कुल खर्च र वित्तीय खर्चको उच्च वृद्धि मुख्य कारण रहेको छ। समीक्षाअवधिमा कुल खर्च १२२.९१ प्रतिशत बढेर १० करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वित्तीय खर्च १९३.४४ प्रतिशतले बढेर ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि भारी घटेको छ। अघिल्लो वर्षको ५ रुपैयाँ ६३ पैसाबाट घटेर यो वर्षको चौथो त्रैमाससम्ममा २ पैसा मात्र कायम भएको छ। प्रतिशेयर नेटवर्थ भने १०५ रुपैयाँ ९३ पैसा रहेको छ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार