कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण

कामना सेवा विकास बैंकले इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर सहयोग गरेको छ ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन् । सञ्चालक तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पार्यक्रममा प्रहरी निरीक्षक धर्मराज खत्री र शालिकराम खनाल र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अनुसार उल्लेख्यरुपमा कार्य गर्दै आइरहेको छ।