पोखरामा बीवाईडीको नयाँ शोरूम सञ्चालनमा

नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पश्चिम क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित कार्यक्रममा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरु र बीवाईडीका प्रशंसकहरूको सहभागितामा शोरुम शुभारम्भसँगै सिलायन ७ लाई पनि सार्वजनिक गरिएको साइमेक्सले जनाएको छ ।

बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी÷भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ ।