कुमारी बैंक लिमिटेड र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबिच छुट सम्झौता

कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड), नयाँदिल्लीबिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकलाई उक्त हस्पिटलबाट प्रदान गरिने इनप्यासेन्ट र आउटप्यासेन्ट सेवा–सुधिवामा अधिकतम १० प्रतिशतसम्म छुट हुनेछ । बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका तीन सय दुई शाखा, तीन सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमाफत ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।

यस लगायत बैंकले डिजिटल माध्यमलाई बढावा दिन विभिन्न साक्षरताका कार्यक्रम साथै संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत पनि ग्राहक लगायत सबैलाई सेवा दिँदै आइरहेको छ ।