सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् ।
उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् ।
यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा.कोइरालाले भने हस्ताक्षर गरेका छैनन् ।
उनले आज अमेरिकामा उपसभामुख राना मगरसँग कुराकानी गरेका थिए ।
अमेरिकामा रहेकी रानाले भनिन्, ‘उहाँ अर्थात् डा. शेखर कोइरालाले फोन गर्नुभएको थियो । केहीबेर कुराकानी भयो । नेपालमा अहिले भइरहेको राजनीतिक परिस्थितिबारे जानकारी दिनुभयो ।’
एमाले–कांग्रेसले उपसभामुख हटाउने तयारीस्वरुप हस्ताक्षर गरिरहेका छन् ।
अनलाइनखबरबाट साभार