भारतको नम्बर १ टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगञ्जमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । जय श्रीराम ट्रेड एण्ड कन्सर्नले सञ्चालन गर्ने यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
वीरगञ्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । यसको विस्तारसँगै कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ ।