मलाई गाली नगरी चित्त नबुझ्ने तत्त्वहरू नेपालमा धेरै छन् : प्रधानमन्त्री ओली

केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई आलोचना नगरी बस्न नसक्ने तत्वहरू नेपालमा भएको टिप्पणी गर्दै भन्छन् :
कतै पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन भन्छन् । बर्खामा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन त, कसैलाई हर्टाट्याक्ट आयो प्रधानमन्त्री नै यस्तो छ किन आउँदैन त, जे सुकै भएपनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन चित्त नबुझ्ने तत्त्वहरू छन् नेपालमा ।