चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउन मसान्तसम्ममा नेपालमा ४२ करोड रुपैयाँ हाराहारीका १६० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को साउन महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।
प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ४१ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ।
भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत, द. कोरिया, थाइल्याण्ड र अमेरिका गरी विश्वका ५ देशबाट ती सवारी साधन भित्रिएका हुन्।
विवरण-
टेक्नोलोजिखबरबाट साभार