व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउनेलाई नियुक्त भएका छन् । ३ वर्षे कार्यकालका लागि उनी नेपाल सरकारबाट मनोनीत भएका हुन् । यसअघि पनि उनले उक्त समितिमा सदस्य भएर काम गरेको अनुभव छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन आदेश, २०६३ (संशोधन सहित) को दफा ८ बमोजिमको सिफारिस समितिको निर्णय अनुसार उनलाई नियुक्ति तथा मनोनयनका लागि सिफारिस गरेको थियो ।
चलाउनेको नियुक्तिले व्यापार तथा निकासी प्रवर्द्धनका क्षेत्रमा थप गतिशीलता आउने विश्वास गरिएको छ । उनको अनुभव र ज्ञानले नेपालको निर्यात व्यापारलाई बढावा दिन र नयाँ बजार पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । युवाहरुको आइकनका रूपमा उडाइरहेका चलाउने सरल तथा व्यवसायिकतामा दख्खल राख्ने व्यक्तिमा पर्दछन् ।