दरमखोला हाइड्रो इनर्जीको सेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल

Laxmi sunrise capital

दरमखोला हाइड्रो इनर्जीको सेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त भएको छ । सेयर रजिस्ट्रार नियुक्त भएसँगै क्यापिटलले दरमखोला हाइड्रोको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका काम गर्नेछ । अब सेयर रजिस्ट्रारअन्तर्गतका सबै काम लक्ष्मी सन्राइज क्यापिटलमार्फत हुने दरमखोला हाइड्रोले जनाएको छ ।