सरकारमाथि हुने आलोचना स्वीकार गर्न तयार छौं : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन् ।

मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गरे । तर, विरोधका लागि विारेध मात्रै नगर्न उनले सचेत पनि गराए ।

‘तपाईंहरू सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरु खण्डन हुनसक्छ । खण्डन हुनसक्छ । त्यो हामी स्वीकार्न तयार छौँ । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला,’ उनले भने, ‘हामी स्वीकार्न तयार छौँ । विरोधका लागि विरोध गर्ने भाष्य विकास भइरहेको छ । त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ ।’

नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानुन मान्नैपर्ने उनले बताए ।